पुस्तक सहयोग

बेनी । म्याग्दी सामुदायिक पुस्तकालय बेनीद्धारा जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा स्थापना गरीएको पुस्तकालयलाई मंगलबार पुस्तक उपलब्ध गराएको छ ।

१४ औँ पुस्तकालय दिवस २०७८ को उपलक्ष्यमा म्याग्दी पुस्तकालय बेनीका अध्यक्ष सन्तोष रावलले प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारी मार्फत सुचना अधिकारी तथा प्रहरी निरीक्षक विरेन्द«राज गुरुङलाई विभिन्न बिधाका ३० थान पुस्तक साथै मास्क तथा स्यानीटाईजर हस्तान्तरण गर्नुभयो ।

हिरासतमा रहने व्यक्तिहरुको सकरात्मक सोचमा अभिवृद्धी तथा प्रेरणा बढाउन र सिर्जनशिल माध्यमबाट समय बिताउन सहयोग पुगोस् भनेर म्याग्देली युवा आवाजले हालै पुस्तकालय स्थापना गरेको थियो । सो कार्यक्रममा प्रजिअ अधिकारी , बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुवेदी , पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले पुस्तकालयलाई प्रविधिमैत्री बनाउन सुझाव दिनुभयो ।

वि.स २०२७ मा स्थापना भएको म्याग्दी पुस्तकालय जिल्लाको एकमात्र सुविधासम्पन्न पुस्तकालय हो । विभिन्न विधाका दश हजार पुस्तकसहित बाल , संगित र खेलकक्ष रहेको पुस्तकालयमा यस वर्षदेखि रिक संस्थाको सहयोगमा बैदेशिक रोजगारीमा जान लागेका र फर्किएकाहरुको समस्या समाधानका लागि परामर्श कक्षा सञ्चालन भएको छ । संस्थालाई ऋणमुक्त बनाएर नेतृत्व हस्तान्तरण , सामाजिक गतिविधिसँगै हाइटेक पुस्तकालय बनाउन लागेको अध्यक्ष रावलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार