काँंग्रेस अन्नपुर्ण गाउँपालिकाको सभापतिमा क्याप्टेन बलबहादुर तिलिजा विजयी

बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको सभापतिमा क्याप्टेन बलबहादुर तिलिजा विजयी हुनुभएको छ । क्याप्टेन तिलिजाले एक मतले विजयी भएको सहायक मतदान अधिकृत केदार कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार क्याप्टेन तिलिजाले ५८ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्दी वडा नम्बर ६ का वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले ५७ मत प्राप्त गर्नुभएको छ ।

याे पनि..

https://myagdinews.com/2021/09/%e0%a4%95%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a8%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%a3-%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%aa/

दुई मत बदर भएको छ । निवर्तमान कार्यसमितिका उपसभापति समेत रहनुभएका क्याप्टेन तिलिजा वडा नम्बर ५ निवासी हुनुहुन्छ । सभापतिमा विजयी हुनुभएका क्याप्टेन तिलिजाले सबै मतदातालाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले सबैसंगको सहकार्यमा गाउँपालिकामा पार्टी संगठनलाई थप मजबुत बनाउने बताउनुभयो ।

तिलिजा भारतीय गोर्खा सैनिकका सेवा निबृत्त क्याप्टेन हुनुहुन्छ । शिख्तानी समाज पोखराको नेतृत्वमा रहेका तिलिजा बिभिन्न सामाजिक संघ संस्थामा आवद्ध हुनुहुन्छ । तिलिजा जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ निकट हुनुहुन्छ भने बरुवाल निवर्तमान जिल्ला सभापति रेशमबहादुर बानियाँ निकट हुनुहुन्छ ।

अन्य पदमा भने सर्बसम्मत निर्बाचित भएका छन् । उपसभापतिमा राजेश तिलिजा, अर्जुन गुरुङ, सचिबमा टुकबहादुर फगामी, ललिता तिलिजा, सहसचिबमा गोपाल पुर्जा र धनबहादुर पाइजा चयन हुनुभएको छ । सभापतिमा सहमति हुन नसकेपछि मतदान भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार