कांग्रेसको पोखरा महानगर सभापतिमा विजुक्छे विजयी

कास्की । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत पोखरा महानगरको सभापतिमा सुरेन्द्रमान विजुक्छे विजयी भएका छन्।

महानगर सभापतिमा ६ जनाको उम्मेदवारी परेको भएपनि मुख्य प्रतिस्पर्धा गंगाधर पराजुली र बिजुक्छेबीच भएको थियो । बिजुक्छेले निकटतम प्रतिद्वन्दी पराजुलीलाई पछि पार्दै ४ सय १४ मत ल्याएर सभापति पदमा निर्वाचित भएका हुन । अर्का प्रतिस्पर्धी पराजुलीले ३ सय ४६ मत ल्याएका छन्।

सभापतिमा निर्वाचित विजुक्छे यसअघि महानगरको उपसभापतिमा थिए। उनी पोखरा उद्योग वाणिज्य संघको महासचिव समेत हुन्। पोखरा महानगरमा रहेको कुल १३ सय ६० मतमा जम्मा १३ सय ४४ मत खसेको थियो।

त्यस्तै उपसभापति पदमा प्रयागराज भण्डारी र भवसागर बराल निर्वाचित भएका छन्। भण्डारीले ५ सय ६९ मत र बरालले ४ सय ६४ मत प्राप्त गरेका छन्।त्यस्तै सचिवमा टुवराज बाँस्तोला ८ सय ५८ मत र गणेशबहादुर थापा ७ सय ८४ मतका साथ विजयी भएका छन् भने सहसचिवमा संघर्ष कोइराला ५ सय ८० र सञ्जय आलेले ५ सय ६५ मत प्राप्त गरि विजयी भएका छन्। नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार