टिकटक बनाउँदा सेती नदीमा खसेर बेपत्ता  

तनहुँ।टिकटक बनाउने क्रममा सेती नदीमा खसेर एक युवती बेपत्ता हुनुभएको छ । बेपत्ता हुनेमा शुक्लागण्डकी -८ तालिमकी १९ वर्षिया पवित्रा लम्साल हुनुहुन्छ ।प्रहरीका अनुसार पुलचोकस्थित रक गार्डेनमा टिकटक बनाउने क्रममा उहाँ बेपत्ता हुनुभएको हो ।

साथीभाईसँग मंगलबार दिउँसो पुग्नुभएकी उहाँले ढुंगामा उभिएर टिकटक बनाउने क्रममा चिप्लेर लडेको बताइन्छ । प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काका अनुसार युवती साथीहरुसँग जानुभएको थियो ।
उहाँको टिकटक भिडिओ हेर्दा उहाँ नदीमा जोखिम मोलेरै गएको देखिन्छ । त्यस स्थानमा सेती नदी डरलाग्दो तरिकाले उर्लिएको भिडिओमा देखिन्छ । लम्साल अचानक चिप्लिएर नदीमा खसेपछि उनका साथीहरूले प्रहरीलाई खबर गरेपछि तत्कालै खोजी कार्यमा खटिएको उहाँले जानकारी दिनुभयो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार