तरुण दल भवन निर्माण गर्न केन्द्रीय सदस्य छन्त्यालद्धारा २ लाख सहयोग

  म्याग्दी न्युज संवाददाता

काठमाडौं । नेपाल तरुण दलको भवन निर्माणका लागि केन्द्रीय सदस्य मुकुन छन्त्यालले दुई लाख रुपैयाँ सहयोग गर्नुभएको छ । तरुण दलको केन्द्रीय कार्यालय रहेकाे स्थानमा नयाँ भवन निर्माण गर्न युवा नेता छन्त्यालले सो नगद सहयोग गर्नुभएको हो । म्याग्दी सदरमुकाम बेनी निवासी केन्द्रीय सदस्य छन्त्याल तरुणदल म्याग्दीका निवर्तमान अध्यक्ष र कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत हुनुहुन्छ।

तरुण दलको चैत १५ र १६ गते बसेको बैठकले केन्द्रीय भवन निर्माण गर्ने निर्णय गरेको थियो । उक्त बैठकले भवन निर्माण गर्ने केन्द्रीय सदस्यहरुबाट सहयोग रकम संकलन गर्ने निर्णयसमेत गरेको थियो । तरुण दल केन्द्रीय सदस्य दीपेन्द्र पोखरेलका अनुसार,बुधबारसम्म ५२ लाख १७ हजार बढी सहयोग रकम संकलन भइसकेको छ।

बुधबार मात्रै १६ लाख ६० हजार ५५५ रुपैयाँ आर्थिक सहयोग उठेको उहाँले बताउनुभयो । अहिलेसम्म सहयोग गर्नेमा केन्द्रीय सदस्यहरु राजु थापा,विप्लव हमाल, गुरुप्रसाद दाहाल गोपी, कपिल पोखरेल, छन्त्याल, मानवेन्द्र निधि र सागर पाण्डे रहनुभएको छ ।सहयोग संकलन कार्य जारी रहने केन्द्रीय सदस्य पोखरेलले जानकारी दिनुभयाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार