नेपाली कांग्रेस बेनी नगरपालिका सभापतिमा कार्कीको उम्मेद्धारी घोषणा

बेनी । युवा नेता रबिन्द्र रविन्द्र कार्कीले नेपाली कांग्रेस बेनी नगरपालिकाको सभापति पदमा उम्मेद्धारी घोषणा गर्नुभएको छ । नेता कार्कीले सामाजिक सञ्जाल फेसबुक मार्फत असोज ९ गते हुने नगर अधिवेशनमा सभापति पदका लागि उम्मेद्धारी घोषणा गर्नुभएको हो ।

नेपाल तरुणदल केन्द्रिय पार्षद रहनुभएका कार्की नगरपालिका–९ ,घतान निवासी हुनुहुन्छ । निर्माण व्यवसायी समेत रहनुभएका कार्की लामो समयदेखि कांग्रेसमा क्रियाशिल हुनुहुन्छ ।गत भदौं १८ गते वडा तहको अधिवेशन सम्पन्न भएसँगै ९ गते हुने गाउँ तथा नगर अधिवेशनको तयारी थालिएको छ । गाउँ तथा नगर कार्यसमितिको नेतृत्व लिन धेरै आकांक्षीहरु देखिएका छन् ।

नगरमा सभापति पदमा उम्मेद्धार घोषणा गर्ने कार्की पहिलो हुनुहुन्छ। सभापतिमा धेरैले आकांक्षी देखाएपनि हालसम्म उम्मेदवार घोषणा भने गरेका छैनन् ।कार्कीले आफूले नगरपालिका भित्र काँग्रेसलाई थप बलियो,शसक्त र संगठित बनाउन नेतृत्वमा आउन चाहेको बताउनुभयो ।

यसैबिच नगर उपसभापतिमा गंगबहादुर खत्री र मनोजकुमार कार्कीले उम्मेदवारी घोषणा गर्नुभएको छ । खत्री बेनपा–५ र कार्की बेनपा–६को वडा अधिवेशनबाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित हुनुभएको थियो ।नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको गाउँ र नगर अधिवेशन असोज ९ मा हुँदैछ ।मुलुक संघीय संरचनामा गइसकेपछि पार्टीको तल्लो तहसम्म निर्वाचनमार्फत आन्तरिक प्रजातन्त्रको अभ्यास गर्ने कांग्रेस पहिलो पार्टी बनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार