पर्यटकीय स्थल लभ्लीहिल र बेनी बजारको सुन्दरता (फोटो कथा)

साधन राम्जाली

म्याग्दी । पछिल्लो समय आन्तरिक पर्यटकहरुको गन्तव्यमा परेको म्याग्दीको पर्यटकीय स्थल लभ्ली हिलबाट म्याग्दी सदरमुकाम बेनीबजारको सुन्दर तथा आकर्षक दृश्य देख्न सकिन्छ । बेनी नगरपालिका–२, ज्यामरुककोट स्थित खबरामा पर्ने लभ्लीहिलको डिलबाट सदरमुकाम बेनीबजारसहित म्याग्दीको अधिकांश भू–भागहरु देखिन्छन् ।

यसका साथै लभ्लीहिलबाट संसारको सातौ अग्लो चुचुरो धौलागिरी हिमाल, दशौंं अग्लो अन्नपूर्ण हिमाल, पवित्र कालीगण्डकी नदी र म्याग्दी नदीको आकर्षक बहाव देखिन्छ । यहाँबाट छिमेकी पर्वत जिल्लाकोे उत्तरी क्षेत्रअन्तर्गत पर्ने जलजला गाउँपालिकाको मल्लाजसहित एका बिहानको सुर्योदय, धार्मिकस्थल पौलस्त्य पुलहाश्रम, भकिम्लीको स्वर्गाश्रम लगायतका आकर्षक र मनमोहक दृश्यहरुको अवलोकन गर्न पाइन्छ ।

बेनी नगरपालिका, प्रवासी म्याग्दीलीहरुको संस्था मोना र म्याग्दी उद्योग वाणिज्य संघको त्रिपक्षीय लगानीमा बेनीदेखि लभ्ली हिलसम्म पुग्ने रेलिङसहितको पक्की पदमार्ग निर्माण गरिएको छ । पछिल्लोपटक लभ्लीहिलमा दैनिकजसो आन्तरिक पर्यटकहरु पुग्ने थालेका छन् । लभ्लीहिल भ्रमण गर्न पुग्ने पर्यटकहरुलाई लक्षित गरेर लभ्लिहिलमा होटेल तथा रेष्टुरेण्ट समेत सञ्चालनमा आएको छ । खासगरी युवायुवती घुमफिर गर्ने, रमाइलो गर्ने र डेटिङ स्पटको रुपमा विकास भएपछि यसलाई लभ्लीहिल नामाकरण गरिएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार