प्रतिनिधि सभा बैठकमा लाग्यो मुर्दावादको नारा

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा एमाले सांसदहरुले नाराबाजी गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको आजको बैठकको कारवाही प्रारम्भ हुन्छ भन्ने वित्तिकै एमालेका सांसदहरुले आफ्नो सिटबाट उठेर सभामुखको आसनअघि पुगेर नाराजावाजी गरेका छन् ।

उनीहरुले संसदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फुटाउन पाइदैन भन्ने जस्ता नारा लगाइरहे। सभामुख सापकोटाले भने बिरोध गरिरहेका सांसदहरुले उठाएको विषयको मुद्धा सर्वोच्चमा विचाराधीन रहेको भन्दै बैठक सञ्चालन गर्नका लागि सहयोग गर्न आग्रह गरेता पनि उनीहरुले भने नारावाजीलाई जारी राखे ।

बैठक १५ मिनेटका लागि स्थगित
बैठक सञ्चालन गर्न नपाएपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । बारम्बार सभामुख सापकोटाले बैठक सञ्चालन गर्न सहयोग गर्न आग्रह गर्दा पनि एमाले सांसदहरुले नाराजावाजीलाई जारी रोखपछि बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

एमाले सांसदहरुले पहिलो दिन बसेको तीनवटै बैठकमा नाराबाजी गरेका थिए । तेस्रो बैठकमा नाराबाजीकै बीच राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल भएको थियो । आजको बैठकमा पनि बजेटसम्बन्धी अध्यादेश टेबल गर्ने कार्यसूची रहेको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार