रसियामा पुटिनको पार्टीलाई बहुमत

मस्को । रसियामा सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारुढ युनाइटेड रसिया पार्टीले बहुमत ल्याएको छ । चार दिनअघि सम्पन्न निर्वाचनमा युनाइटेड रसियाले बहुमत प्राप्त गरेको रसियाली सञ्चार माध्यमहरुले जनाएका छन् । निर्वाचनअघिको मतसर्वेक्षणहरुले पनि पुटिनको पाटी विजयी हुने देखाएका थिए ।

५० प्रतिशत मतगणना हुँदा युनाइटेड रसियाले ४६ प्रतिशत र प्रमुख विपक्षी कम्युनिस्ट पार्टीले २१ प्रतिशत मत पाएको छ । तल्लो सदन डुमामा कुल चार सय ५० स्थानका लागि भएको निर्वाचनमा व्यापक धाँधली भएको विपक्षीले आरोप लगाएका छन् ।तीन चरणमा गरिएको निर्वाचनमा १४ वटा राजनीतिक दलहरुले प्रतिस्पर्धा गरेका थिए ।

पुटिनका आलोचकलाई भने प्रतिस्पर्धामा रोक लगाइएको थियो ।सरकारले केही महिनाअघि पुटिनका प्रमुख प्रतिद्वन्द्वी अलेक्सी नभाल्नीलाई कैद गरेको थियो । उनले नेतृत्व गरेको संगठनलाई ‘अतिवादी’ घोषित गर्दै प्रतिबन्ध लगाइएको थियो । निर्वाचनको पूर्वसन्ध्यामा नभाल्नीका मुख्य सहयोगीलाई पक्राउ गरिएको थियो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार