अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : नेपाल र भारतले १–१ गोलको बराबरी खेले

काठमाडौं । मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतले बराबरी खेलेका छन् । पहिलो मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतले भारतले एक–एक गोलको बराबरी खेलेका हुन् ।

दशरथ रङ्गशालामा भएको खेलमा अन्जन विष्टले ३६ औँ मिनेटमा गोल गरेका अग्रता दिलाउनुभएको थियो । भारतका खेलाडी चिनलेनाना सिंह कोन्सामको ब्याक पासलाई गोलकीपर गुरुप्रित सिंह सन्धुले नियन्त्रणमा लिन नसकेको बललाई अञ्जनले गोलमा परिणत गर्नुभएको हो।

तर नेपालको अग्रता दोस्रो हाफमा रहन सकेन । भारतका अनिरुध थापाले खेलको ६० औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो ।
नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल आउँदो शनिवार दशरथ रङ्गशालामा नै हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार