ललितपुर । विभिन्न कम्पनीको विज्ञापन राखेका ट्याक्सी चालकलाई ललितपुर महानगरपालिकाले नियन्त्रणमा लिएर करको दायरामा ल्याएको छ । कुनै पनि सवारी साधानमा व्यापारिक प्रायोजनका स्टिकर टाँस्नु अगाडि महानगरमा तोकिएको कर तिर्नुपर्ने हुन्छ। तर महानगरमा कर नतिरी स्टिकर टाँसिएको फेला परेपछि ललितपुर महानगरले नियन्त्रणमा लिएको नगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिनुभयो।
‘महानगरले सबैलाई करको दायरामा ल्याउन नगरको स्थानीय राजपत्रमासमेत प्रकाशित कानुन अनुसार ट्याक्सीमा विभिन्न कम्पनीको विज्ञापनका स्टिकर टाँस्दा कर तिरेको नपाइकोले नियन्त्रणमा लिएका हौ’, हाछेथुले भन्नुभयो,‘सबैलाई करको दायरामा ल्याउने नगरप्रमुख चिरीबाबु महर्जनको निर्देशन अनुसार र स्थानीय कानुन अनुसार हामीले नियन्त्रणमा लिएर कर तिर्न लगाएका हौ।’
आइतबार ४ वटा ट्याक्सीलाई नियन्त्रणमा लिएर कर तिराएर छोडिएको उहाँले जानकारी दिनुभयो। ‘हामी सबै यातायातको साधानमा राखिएको विज्ञापनका स्टिकरलाई करको दायरामा ल्याउने प्रयास थालिएको छ’, उहाँले भन्नुभयो, ‘ट्याक्सी सँगै माइक्रो बस र ठूला बसमा राखिएको विज्ञापन पनि करसंगत छन् कि छैनन् अनुगमन गर्नेछौ।’महानगरका अनुसार सवारी साधनमा राखिएका स्टिकर या ब्यानरका लागि प्रति वर्गफिट १०० रूपैयाँ कर लाग्छ। सेतोपाटीबाट