देउवा नेतृत्वको सरकारले देशलाई बन्धक बनायो : नेम्वाङ

विराटनगर । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले परमादेशबाट आएको शेरबहादुर देउवा सरकारले देशलाई बन्धक बनाएको आरोप लगाउनुभएको छ । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेम्बाङले जनताबाट आएको सरकारले मात्रै जनताका समस्या बुझ्ने, परामादेशबाट आएको सरकारले  नबुझने दाबी गर्नुभयो ।

नेम्वाङले सभामुख सबैको नेता हुन नसकेकोसमेत आरोप लगाउनुभयो। उहाँले संसद् अवरुद्ध राखिराख्नेसमेत बताउनुभयो । ‘अदालतले गलत कुरालाई टेकेर गलत निर्णय गर्न थालेजस्तो हामीलाई लाग्न थालेको छ,’ नेम्वाङले भन्नुभयो, ‘तर पनि सर्वोच्च अदालतको आदेशलाई हामी सम्मान गर्छौँ ।’ नेता नेम्वाङ उदपयपुर जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न आउनुभएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार