एमालेको प्रश्न– भदौ ३० गतेभित्रै बजेट पारित गर्नुपर्ने, किन असोज ४ गते संसद राखियो ?

काठमाडौं । नेकपा एमालेले सरकार र सभामुखले गैरजिम्मेवार बन्दै भदौ ३० भित्र बजेट पारित गर्नुपर्नेमा संसद बैठक असोज ४ गते राखेको बताएको छ । सरकार र सभामुखको अनुचित एवम् गैरकानुनी कार्यले संसदमा असहज स्थिति सिर्जना भएको भन्दै बजेट पारित गर्ने कुरालाई समेत सरकारले बेवास्ता गरेको बताएका छन् ।

महासचिव ईश्वर पोखरेलले बुधबार एक वक्तव्य प्रकाशित गरी सरकारले संसदमा सहज वातावरण बनाउन पहल समेत नगरेको आरोप लगाएका छन् ।वक्तव्यमा भनिएको छ, ‘आफूलाई ईच्छा लागेको बिजनेस स्वेच्छाचारी ढंगले अघि बढाउने सरकारले भदौ ३० भित्र बजेट पारित गरिसक्नुपर्ने विषय विर्से झैं हाउस असोज ४ गते किन सारियो यसको जवाफ यो गैरजिम्मेवार सरकारले दिनुपर्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार