
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटाले नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेका छन्। शुक्रबार काठमाडौंको डल्लुस्थित खनाल निवास पुगेर सापकोटाले उनलाई भेटेका हुन्।
उनीहरूबीच भेटघाट जारी छ। खनालले भारतको नयाँ दिल्लीमा गएर मिर्गौला प्रत्यारोपण गरेका थिए । प्रत्यारोपणपछि गत भदौ १४ गते उनी नेपाल फर्किएका थिए। सेतोपाटीबाट