विश्वकप क्रिकेट लिग–२ : गुल्शन झाको राष्ट्रिय टिममा डेब्यु

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालले आज खेल्दै छ । आजको खेलमा नेपाली टोलीका तीव्र गतिका बलरले डेब्यु गरेका छन् ।

काठमाडौँमा सम्पन्न मेयर्सकप खेलेका गुल्शन झा नेपालका जर्सीबाट पहिलोपटक खेल्दै छन् । उनी नेपालका लागि एकदिवसीय क्रिकेटमा डेब्यु गर्ने २७औँ खेलाडी बनेका छन् ।नेपाली टोलीका युवा फास्ट बलर गुल्शनले अमेरिकाविरुद्धको खेलमा विक्रम सोबलाई प्रतिस्थापन गदै टोलीमा स्थान बनाएका हुन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार