अनेरास्ववियू क्रान्तिकारी म्याग्दीको अध्यक्षमा केसी (तस्बिर सहित )

म्याग्दी। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) म्याग्दीको अध्यक्षमा रेशम केसी सर्वसम्मत चयन हुनुभएको छ । अनेरास्ववियु क्रान्तिकारी म्याग्दीको शनिबार बेनीमा सम्पन्न १७ औँ जिल्ला सम्मेलनबाट रेशम केसीको नेतृत्वमा ४१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।सम्मेलनबाट समितिको प्रथम उपाध्यक्षमा भाइरथ पाण्डे, दिप्तिय उपाध्यक्षमा हेमन्त पाण्डे, सचिवमा विवेक केसी, सह–सचिवमा सुस्मिता बाँनिया, सज्जन आचार्य, कोषाध्यक्षमा आइतराम तामाङ रहनुभएको छ ।

१७ औँ जिल्ला सम्मेलनबाट सदस्यहरुमा सन्दिप खत्री, किरन केसी, पुजा बराईली, प्रभु थापा, सन्दिप शर्मा, रिता खत्री, गकुल थकाली, अनिल भण्डारी कृष्ण थापा लगायतको सदस्य रहेको ४१ सदस्यीय जिल्ला समिति चयन गरेको छ । १७ औ जिल्ला सम्मेललाई सफल बनाउन गाउँगाउँका विभिन्न विद्यालयबाट दुईसय भन्दा बढी विद्यार्थीहरु उपस्थित भएका थिए ।

प्m्याक्सन इन्चार्जमा कुशल पौडेल रहनुभएकाे छ ।  कार्यक्रममा अनेरास्ववियू क्रान्तिकारी केन्द्रिय समितिका सचिव प्रविणा अधिकारी, अनेरास्ववियू क्रान्तिकारी गण्डकी प्रदेश सह(इन्चार्ज नारायल बढाल, गण्डकी प्रदेश सह–संयोजक सुदिन पौडेल र केन्द्रिय सदस्य गोविन्द गौतमको उपस्थितमा सम्मेलन सम्पन्न भएको थियो ।कार्यक्रमममा प्रम्ख अतिथिको रुपमा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीका सदस्य एवम् युवा नेता टेकबहादुर विक, विशिष्ट अतिथिको रुपमा गण्डकी प्रदेश सभा सदस्य विनोद केसी लगायत जिल्ला नेताहरुको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार