
पर्वत ।नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पर्वतकोे अध्यक्षमा साजन परियार सर्वसम्मत चयन हुनुभएको छ । अनेरास्ववियु क्रान्तिकारी पर्वतको शनिबार कुश्मा आयोजित २१ औँ जिल्ला सम्मेलनबाट साजन परियारको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
जलजला गाउँपालिका –७, धाइरिङ सल्यानका युवा साजन परियार सामाजिक र विद्यार्थी राजनीतिमा सक्रिय हुनुहुन्छ। उहाँले समाजको विभिन्न पदमा रहेर विपद ब्यवस्थापन, युवा क्लवको नेतृत्व, विकासको काम, कोरोना भाईरसको नियन्त्रण लगायतमा सक्रिय रहेर काम गर्नुभएको थियो। अध्यक्ष परियारले संगठनलाई थप शसक्त बनाउने बताउनुभयो ।