म्याग्दी सुनचाँदी व्यवसायी संघको अध्यक्षमा बानीयाँ

बेनी । म्याग्दी सुनचाँदी व्यवसायी संघ म्याग्दीको पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार बेनीमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा अमित बानीयाँ चयन हुनुभएको छ । अध्यक्ष बानीयाँ बेनीको न्युरोड स्थित बानीयाँ गहना पसलका संचालक हुनुहुन्छ ।कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नारायण बराल, उपाध्यक्षमा भिमसेन बराइली, महासचिवमा कमल बिश्वकर्मा, सचिवमा राम बहादुर बिश्वकर्मा, कोषाध्यक्षमा दिनेश बराल र सह–कोषाध्यक्षमा नारायण प्रसाद सेन्चुरी चयन हुनुभएको महासचिव कलम विश्वकर्माले जानकारी दिनुभयो ।उहाँका अनुसार सदस्यहरुमा प्रेम बिश्वकर्मा, परमानन्द घमाल, लाल बहादुर बिश्वकर्मा, शंकर बिश्वकर्मा, जित बहादुर बिश्वकर्मा, सन्दिप अधिकारी र तारा बिश्वकर्मा रहनु भएको छ । त्यस्तै आमन्त्रीत सदस्यहरुमा गोबिन घमाल, भानु रामदाम र श्रबण बिश्वकर्मालाई चयन गरिएको छ ।

कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशका उप–सभापति जिबन कुमार बिश्वकर्माले कोरोना महामारीका कारण रोजगार गुमेको र सुनचाँदीको कारोबारमा पनि गिरावट आएको भन्दै बिश्वकर्माले हतोत्साही नहुन अनुरोध गर्नुभयो ।त्यसैगरि नेपाल सुनचाँदी ब्यबसायी महासंघका पुर्व केन्द्रिय सदस्य रामकृष्ण बराईलीले व्यवसायीहरुले व्यवसायीक हकहितको सुरक्षा गरि ग्राहकहरुको अधिकार र सन्तुष्टिलाई मध्यनजर गर्दै कारोबार गर्नु पर्ने बताउनुभयो । कार्यक्रम निवर्तमान अध्यक्ष चन्द्र बहादुर बिश्वकर्माको अध्यक्षता र महासचिव कमल बिश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार