ओलीको कुरा सुनेर ताली पिट्नेहरू देखेर हैरान छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एजेन्डा, क्रान्तिकारी विरासत र मुद्दाहरू माओवादीसँग मात्रै रहेको बताउनुभएको छ ।यो घमन्ड र अहंकारको कुरा नभएको उहाँको भनाइ थियो।

‘केपी ओलीले जनताको सार्वभौम प्रतिनिधि सभालाई निर्ममतापूर्वक विघटन गरेकै हो। अहिले पनि उहाँले भन्छन्–पार्टीभित्र मलाई काम गर्न दिएनन्, झगडा गरे त्यसो भएर विघटन गरेको। पार्टीभित्रको झगडाले जनताको प्रतिनिधि सभा विघटन गर्न पाइन्छ रु’ उहाँले भन्नुभयो, ‘मनपरी आफू गर्नेरु पार्टीभित्र बहुमत अर्कोतिर भएपछि उनले छोड्न पर्दैनथ्योरु’

ओलीले अहिले नैतिकताको कुरा गर्दै हिँडेको पनि उहाँले बताउनुभएको छ । ‘अहिले उनले नैतिकताको कुरा गर्नेरु मलाई त यति जलन भएको छ नि यस्ता मान्छे, पाखण्डी, डब्बल डिलर, ठगहरू चाहिँ अझै मान्छेलाई ताली पिटाउँदै हिँडिराखेका देखिन्छन्। यो ताली पिट्ने देखेर पनि हैरान हुन्छु म,’ प्रचण्डले भन्नुभयो।

उहाँले जनताको साथ लिन आफूहरू अगाडि बढेको बताउनुभयो। ‘गठबन्धन पनि बनायौं हामीले जित्यौं,’ उहाँले भन्नुभयो, ‘तपाईं, हामी एक भएपछि कसैको केही लाग्दैन।’उहाँले पार्टीका माथिका नेता विग्रेको पनि बताउनुभयो। सूर्यनाथ यादवको ३६ औं स्मृति दिवसमा आज आयोजित कार्यक्रममा उहाँले अरूलाई आलोचना गर्नेभन्दा पनि आफू सच्चिएर अगाडि बढ्नुपर्ने बताउनुभयो। उहाँले जनतासँग पार्टीको सम्बन्ध सुदृढ गर्नुपर्ने बताउनुभयो । उहाँले ओली श्री ५ जस्तै बन्न खोजेको पनि बताउनुभयो।

‘ओली त्यस्ता मान्छे हुन् मलामी जाँदा पनि बाजा बजाउँदै नाच्दै हिँड्छन्। मान्छे दंग पर्छन्। बालुवाटारबाट बालकोट जाने भनेको हारेको, सन्नाटा भएर के गर्ने भनेर सोच्दै जानुपर्नेमा पञ्चे बाजा बजाएर, जितेजसरी गए। कति करोड खर्चेर मानिस बोलाएको थाहा पाएँ मैले, यस्तो नाटक गर्ने तिनी।’साथै प्रचण्डले कार्यक्रम सक्नुअगाडि हाँस्दै भने, ‘यति नै कुरा भनौं, रिस उठेको छ केपीसँग।’सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार