
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहलले आफ्नो पार्टी बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता बढेको बताउनुभएको छ । सोमवार सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आफ्नो पार्टीमा बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता भएको बताउनुभएको हो ।
उहाँले नेकपा माओवादी केन्द्र पनि बिस्तारै बिस्तारै व्यवहारमा एमालेको नेताको जस्तै व्यवहार देखिन थालेकाले चिन्ता बढाएको बताउनुभयो। उहाँले समाजको विकास र न्यायको निम्ति पनि पार्टी र हामीहरुलाई रुपान्तरण गर्नुपर्ने आवश्यक्ता रहेको बताउनुभयो। अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निरंकुशता थाहा पाएपनि केही साथीहरुले आफूलाई आत्मसमर्पण गरेको बताउनुभयो। उहाँले नेकपा एमालेले मदन भण्डारी र एमालेको लोगो भएपछि एमाले भनिरहेको भन्दै एमालेको कुनै सिद्धान्त नरहेको बताउनुभयो।
कार्यक्रममा अध्यक्ष दाहालले थोरै मिहेनत गरे नेकपा माओवादी केन्द्र अबको चुनावमा पहिलो नम्बरमा आउन सक्ने दाबी गर्नुभयो। उहाँले माओवादी केन्द्रले मात्रै साचो अर्थमा समाजवादी क्रान्तिको रणनीतिमा देशलाई अघि बढाउन सक्ने दाबी गर्नुभयो। अध्यक्ष दाहालले अब फेरि एकपटक सम्पूर्ण कम्युनिष्टहरुले सोच्नुपर्ने बेला आएको बताउनुभयो। उहाँले कम्युनिष्टहरुले नेतृत्व नगरे अरुले बिगार्ने मात्रै देखिएको भन्दै सबै कम्युनिष्टहरुले आँखा चिम्लेर भएपनि देश र जनताको लागि सोच्नुपर्ने बताउनुभयो। nagariknews.nagariknetworkबाट