रामचन्द्र पौडेल पक्षको बैठक आज दिउँसो १ बजे बस्दै

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बोलाइएको छ । बुधबार दिउँसो १ बजे महामन्त्री डा.शशांक कोइरालाको निवास महाराजगञ्जमा संस्थापन इतरको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले ३ बजेका लागि पदाधिकारी बैठक बोलाएपछि १ बजे पौडेल पक्षको बैठक बस्न लागेको हो ।बैठकमा पार्टी महाधिवेशन, क्रियाशील सदस्यतालगायतका विषयमा छलफल हुने जनाइएको छ । प्रधानमन्त्री एवम् सभापति देउवाले पार्टीमा छलफल नगरी अघि बढ्न खोजेको भन्दै त्यसबारे पनि पौडेल पक्षमा छलफल हुने भएको एक नेताले जानकारी दिनुभयो ।

देउवा निकट नेता नारायण खड्कालाई पार्टीमा छलफल नगरी परराष्ट्रमन्त्री बनाउने तयारी गरेपछि पौडेल पक्ष असन्तुष्ट बनेको हो ।आजै आशन्न महाधिवेशन, मन्त्रिपरिषद् विस्तार तथा पार्टीको आन्तरिक गतिविधिको विषयमा छलफल गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाउनुभएको छ। नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार