
चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा ९बादल०ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताउनुभएको छ । चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बादलले भन्नुभयो, ‘यो विषयमा पार्टीले निर्णय गरेको छैन ।
आगामी दिनमा पार्टीले निर्णय गरेमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।’प्रचण्ड र बादल दुवै चितवनको एउटै चुनाव क्षेत्रका हुन् ।अर्को एक प्रसंगमा उनले अमेरिकी सहयोग परियोजना एमसीसीलाई परिमार्जन गरेर स्वीकार गर्नुपर्ने पार्टीको धारणा रहेको बताउनुभयो ।अनलाइनखबरबाट