विभिन्न प्रस्तावमा छलफल गर्न एमालेले बनायो आठ समूह

काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा पेस भएका तीनवटा प्रस्ताव र प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा शुक्रबारबाट सुरु भएको बैठकमा अध्यक्ष केपी ओलीका तर्फबाट नेता प्रदीप ज्ञवालीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।

त्यस्तै महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले क्रमशः सांगठानिक र विधान संशोधन प्रस्ताव पेस गरेको केन्द्रीय सदस्य नारदमुनि रानाले जानकारी दिनुभयो । त्यसलगतै ती प्रस्ताव र प्रतिवेदनमा समूहगत छलफलका लागि आठवटा समूह बनाइएको थियो । सात प्रदेश र जनवर्गीय संगठन गरी आठवटा समूहमा प्रस्तावमाथि छलफल हुनेछ ।

अर्को बैठक शनिबार बिहान ११ बजे बसेर समूहगत छलफलको निष्कर्ष समेटेर तीनवटै प्रस्ताव पारित गरी बैठक समापन गर्ने तयारी छ । एमालेको विधान महाधिवेशन आगामी असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा हुँदैछ भने राष्ट्रिय महाधिवेशन आगामी मंसिरमा तय भएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार