तोरन्ल्ह गोल्ड कपको उपाधी दरवाङ क्षेत्रलाई (फोटो फिचर)

बेनी । म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न ११ औं तोन्ल्ह गोल्डकप अन्तर क्षेत्रीय तारा खेल प्रतियोगिताको उपाधी थकाली सेवा समिति नेपाल क्षेत्रीय समिति दरबाङ (रातो ढुङ्गा)ले जितेको छ । थकाली सेवा समिति नेपालको आयोजना र बेनी क्षेत्रको सहआयोजनामा शुक्रबारदेखि सुरु भएको उक्त प्रतियोगिता आइतबार सम्पन्न भएको हो ।

दरवाङ (रातढुङ्गां)ले १ सय ४१ अंक ल्याएर प्रथम स्थान हासिल गरेको हो । प्रथम हुने दरवाङ क्षेत्रले नगद एक लाख रुपैयाँ सहित सुनको मेडल प्राप्त गरेको छ । यसैगरी १ सय २७ अंक ल्याएर काठमाण्डौं क्षेत्रले दोस्रो स्थान हासिल गर्दै नगद पचास हजार रुपैयाँ पुरस्कार मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

एकसय २६ अंक ल्याएर तेस्रो स्थान हासिल गरेको पोखराले २५ हजार नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै बुर्तिबाङ सेवा समिति चौथो र थासाङ सेवा समिति पाँचौ स्थान हासिल गरेको उनीहरुले नगद १० हजार र पाँच हजार प्राप्त गरेका छन् । त्यस्तै सबै भन्दा धेरै २६ अंक ल्याएका दरबाङ क्षेत्रका महेश तुलाचनलाई सात हजार ,विशिष्ट खेलाडी तर्फ कुश्मा क्षेत्रका अनुज शेरचनलाई ७ हजार र अनुशासित टिमको रुपमा टिकापुर क्षेत्रलाई सात हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको बेनी क्षेत्रका अध्यक्ष जगनारायण गौचनले बताउनुभयो ।

गोल्डकको समापन समारोहमा पूर्व राज्यमन्त्री भिमप्रसाद गौचन,थकाली सेवा समिति नेपालका अध्यक्ष सोमप्रसाद तुलाचन ,पुर्व अध्यक्ष कृष्णकुमारी शेरचन ,समाजसेवी बिमला गौचन लगायतले विजेता समुहलाई नगद र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।तोरन्ल्ह गोल्डकपको उपाधि पाउँदा आफूलाई गर्बको महशुस भएको दरबाङ क्षेत्रका थकाली युवा परिवारका अध्यक्ष अनुप गौचनले बताउनुभयो । सर्वाधिक धनुषकार गौचनले छोटो समयको तयारी र पहिलो पटकको सहभागितामै उपाधि जित्न सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले १५ दोहोरको खेलमा ३० मा २६ अंक ल्याउन सफल हुनुभएको थियो । प्रतियोगितामा १८ समुहको सहभागिता रहेको थियो ।

दरबाङ क्षेत्रका अध्यक्ष विनोद भट्टचनले छोटो समयको तयारीले भएको तयारीमै टिमलाई उपाधि दिलाउन सफल भएकोमा खेलाडीलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले खेलको विकास गर्न थप भौतिक पुर्वाधार विस्तारका लागि पहल गर्ने उहाँले बताउनुभयो । सोही कार्यक्रमको अवसरमा बेनी क्षेत्रले गत बर्ष पहिलो पाइलटको रुपमा गत बर्ष बैशाख २९ गते विश्वकै अग्लो सगरमाथाको सफल आरोहण गर्नुभएका बेनका सोबित गौचनलाई गरेको छ ।

बि.सं.२०४७ देखि सुरु भएको तोरन्ल्ह गोल्डकप प्रत्येक तीन–तीन बर्षमा आयोजना गरिँदै आएको थकाली सेवा समिति नेपालले जनाएको छ । परापुर्व कालमा खेतिबाली लगाएर र थन्काएपछि मनोरञ्जनका लागि तारो खेल्ने चलन थियो । तारो खेललमा बाँसको धनुषवाण र लेकाली भेगमा पाइने जरबुताको तिर हुन्छ ।यसअघि चन्दा र सहयोग संकलन गरेर आयोजना गरिँदै आएको गोल्डकप यसपाली भने ५१ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको थकाली सेवा समिति नेपालका अध्यक्ष तुलाचनले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार