पूर्वराजाको अभिव्यक्तिप्रति बाबुरामको अक्रोशः भ्रमको खेती नगरौं, चुपचाप गणतन्त्रलाई स्विकारेर बस्नु

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिप्रति जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अक्रोश व्यक्त गर्नुभएको छ । मंगलवार पूर्व राजा ज्ञानेन्द्रले दशैंको अवसरमा शुभकामना व्यक्त गर्दै राजतन्त्र बिनाको प्रजातन्त्र सान्दार्भिक नहुने बताउनुभएको थियो।

भट्टराईले ट्वीटरमा पूर्वराजाको सन्देशसहितको भिडियो साझा गर्दै भ्रमको खेती भएको र देशलाई पुनस्द्वन्द्वमा धकेल्ने उद्देश्यको भएको बताउनुभएको छ । उहाँले पूर्व राजालाई जनताप्रति अलिकति जिम्मेवारीवोध भए चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकारेर बस्नु वेश हुने सुझाव समेत दिनुभएको छ । ‘राजसंस्थाविनाको प्रजातन्त्र टिक्दैन भन्नु जनतालाई तातो बरफ वा सिंगसहितको खरायो खोज्न लगाउनु जस्तै भ्रमको खेतीगर्नु र देशलाई पुनस्द्वन्दमा धकेल्नु मात्रै हो,’ भट्टराईले भने, ‘पूर्व राजालाई देश र जनताप्रति अलिकति पनि जिम्मेवारीवोध छ भने चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकारेर बस्नु वेश हुनेछ !’ nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार