सगरमाथा हिमाल आरोही क्याप्टेन गौचनलाई सम्मान(तस्बिर)

बेनी । थकाली सेवा समिति नेपाल ,बेनी क्षेत्रले गत बैशाख २८ गते सगरमाथा हिमालको सफल आरोहण गर्नुभएका बेनी निवासी पाईलट केशबप्रसाद (सोवित) गौचनलाई सम्मान गरेको छ ।

थकाली सेवा समिति नेपालको आयोजना र थकाली सेवा समिति बेनी क्षेत्रको सहआयोजनामा बेनीमा आयोजना गरेको तोरन्ल्ह गोल्डकप प्रतियोगिताको अवसरमा आइतबार गौचनलाई पूर्वराज्यमन्त्री भिमप्रसाद गौचन मार्फत खादा र सम्मानपत्रद्धारा सम्मान गरिएको हो । ​बेनी क्षेत्रबाट सगरमाथा आरोहण गर्ने गौचन पहिलो व्यक्ति हुनुहुन्छ । उहाँले २०७८ बैशाख २८ गते बिहान ७ १५ बजे विश्वकै अग्लो सगरमााथा हिमालको सफल आरोहण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार