काठमाडौं । युवा फरवार्ड मनिष डाँगीको सानदार गोलमा नेपालले साफ च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा आयोजक माल्दिभ्सलाई पराजित गरेको छ । नेपालले साफ च्याम्पियनसिपको इतिहासमा माल्दिभ्सलाई हराएको यो पहिलो पल्ट हो । पहिलो खेलमा १-० को जित दर्ता गर्दै नेपालले ३ अंक जोडेको छ ।
वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मनिषले खेल सकिन ५ मिनेट बाँकी रहँदा गरेको गोल नै निर्णायक सावित भयो । उहाँले काउन्टर अट्याकमा आएको आक्रमणलाई अघि बढाउँदै गोल गर्नुभएको थियो । तीन डिफेन्डरको चुनौती काट्दै उहाँले गोलरक्षकलाई वन भर्सेस वनको स्थितिमा बिट गर्नुभएको थियो ।
खेलको अधिकांश समय माल्दिभ्सले बल पोसेसन र आक्रमणमा पकड जमाएपनि नेपाली टोलीले अनुशासित डिफेन्स गर्दै खेलमा आफूलाई कायम राखेको थियो । काउन्टर अट्याकमा समय समयमा माल्दिभ्सलाई समस्या दिएको नेपालले अन्तिम समयमा गोल पनि सोहि रणनीतिमा गर्यो । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मनिषले मिडफिल्डले दिएको बललाई तीन डिफेन्स काट्दै सुन्दर गोल गरेका गर्नुभएको थियो ।तस्बिरहरू : अखिल नेपाल फुटबल संघ