नेकपा एमालेका स्थानीय जनप्रतिनिधिको भेला, चुनावी रणनीति बनाउँदै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको भेला आयोजना गरेको छ । आइतबार मात्रै विधान महाधिवेशन समपन्न गरेको एमालेले आज भेलाको आयोजना गरेको हो ।

काठमाडौ‌को राष्ट्रिय सभागृहमा जारी स्थानीय तहका प्रमुख तथा उप्रमुखहरुको भेलामा आगामी स्थानीय तहको निर्वाचनका लागि बनाइने रणनीतिका बारेमा छलफल हुने केन्द्रीय सदस्य देवेन्द्र दाहालले जानकारी दिए ।उनका अनुसार पार्टी विभाजनपछि स्थानीय तहमा पार्टीको अवस्था र अब लिनु पर्ने रणनीतिका बारेमा सहभागीहरुले रिर्पोटिङ गर्नेछन ।

विधान महाधिवेशनमा सहभागी हुन आएका एमालेका जिल्ला समन्वय समितीका प्रमुख, उपप्रमुख, महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका प्रमुख उपप्रमुख भेलामा सहभागी हुँदैछन ।आजको भेलालाई दिउसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार