
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सकभर आजै मन्त्रिपरिषद विस्तार हुने बताउनुभएको छ । माओवादी केन्द्र केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार आयोजित नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सकभर आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा गठबन्धन रहेको बताउनुभएको हो ।
उहाँले मन्त्रिपरिषद विस्तार गर्न नसके पनि मन्त्रालयको भागबण्डा टुंग्याउने बताउनुभएके हो । ‘सकेसम्म आजै क्याविनेट विस्तार गरेर सपथ ग्रहण गराउने नभएपनि मिल्न बाँकी विषय टुंग्याउने भन्नेछ’, प्रचण्डको भनाइ छ । रातोपाटीबाट