४१.८४ अंकले बढ्यो नेप्से

काठमाडौं । मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक करिब ४२ अंकले सुधार भएको छ । केहीदिन यता लगातार घटिरहेको नेप्से परिसूचक मंगलबार ४१ दशमलव ८४ अंकले बढेर २ हजार ६ सय १२ दशमलव ६५ अंकले बढेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.०४ अंकले उकालो लागेको छ । व्यापारबाहेकका सबै समूहहरु बढेर हरियाली देखिएका छन् । व्यापार समूहको उपसूचक भने ५६ अंकले घटेको छ ।

नेप्से परिसूचक बढेपनि कारोबार रकममा भने सुधार हुन सकेन । कारोबार रकम ३ अर्ब पनि पुग्न सकेन ।दिनभर भएका ४१ हजार ५१ वटा कारोबारबाट ५८ लाख ४२ हजार १३५ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब ९९ करोड ६८ लाख १९ हजार ६ सय ८३ रुपैयाँमा रोकिएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार