मोतिपुर घटनाबारे संयुक्त विद्यार्थी संगठनको आपत्ति

काटमाडौँ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी(जसपा) निकटका विद्यार्थी संगठनले रुपन्देहीको मोतीपुर क्षेत्रमा बसोबास गरिरहेका सकुम्बासी समस्या समाधान गर्न माग गरेका छन् ।

माओवादी केन्द्रनिकट अनेरास्ववियू क्रान्तीकारीकी अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादी निकट अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली र जसपा निकटको समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गर्दै मोतिपुर घटनाको छानबिन गर्न समेत माग गरेका छन् ।

उनीहरुले मोतीपुर घटनाका मुख्य दोषीलगायत सम्पूर्णलाई उचित छानबिन गरी कडाभन्दा कडा कारबाही, मृतकलाई उचित क्षतिपूर्ति र घाइतेहरुको निःशुल्क उपचार गर्न समेत सरकारको ध्यानकार्षण गराएका छन् ।घटनाको मुख्य कारण भने तत्कालिन केपी ओली नेतृत्वको सरकार भएको तीन विद्यार्थी संगठनको आरोप छ।

“औधोगिक क्षेत्र स्थापना गर्ने नाममा १सय ३३ विघा जमिन अधिकरण नगर्दै गत फागुन २१ गते तत्कालिन सरकारले राज्य शक्तिको चरम दुरुपयोग गरी मोतीपुर क्षेत्रमा बसोबास गरिरहेका सर्वसाधरण जनतालाई सत्ता र शक्तिको आडमा लखेटने दुस्साहसको परिणाम आज मोतिपुर क्षेत्र रणमैदान भएको छ ।” विज्ञप्तिमा भनिएको छ,“अनाहकमा जनताको ज्यान गएको छ।यो घटनाको मुख्य कारण तत्कालिन प्रतिगामी सरकार र त्यसका अर्थमन्त्री भएको हाम्रो निष्कर्ष छ।”विजया दशमीको मुखमा सुकुम्बासी जनताको अनाहकमा ज्यान जाने गरि घटाइएको घटनाको तीन संगठनले निन्दा र भत्र्सर्ना समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार