
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चाहेमा एक हप्ताभित्र सरकार ढाल्ने दावी गर्नुभएको छ । एमालेको बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले आफूहरुले चाहेमा एक हप्ताभित्र सरकार ढाल्ने दावी गर्नुभएको हो । ‘अहिलेकै जस्तो गर्ने हो भने हामी सात दिनभित्र सरकार ढाल्न सक्छौं’ उहाँले भन्नुभयो। तर एमालेले प्राप्तीलाई नभई विजयलाई पहिलो मान्ने ओलीको भनाइ छ । अनलाइनखबरबाट