शुक्रबारसम्म लाइसेन्सको नयाँ आवेदन खुल्छः विभाग

काठमाडौँ । यातायात व्यवस्था विभागले यही साताको अन्तिमसम्ममा स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन खुलाउँदैछ। विभागले झन्डै छ महिनापछि नयाँ आवेदन खोल्ने भएको हो। दोस्रो चरणको कोरोना महामारी फैलिएसँगै गत वैशाख १६ गतेदेखि लाइसेन्सको नयाँ आवेदन बन्द छ।

यही साताको शुक्रबारसम्म नयाँ आवदेन खुला गरिन लागेको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बताउनुभयो। ‘शुक्रबारसम्ममा नयाँ आवेदन फारम खुल्नेछ,’ महानिर्देशक घिमिरेले भन्नुभयो, ‘तर काठमाडौंमा नयाँ आवेदकहरूको ट्रायलको पालो पुसभन्दा अघि हुन सम्भव नहोला।’उहाँका अनुसार यतिबेला पुरानै ट्रायल दिन बाँकी आवदेकको ट्रायल परीक्षा हुँदैछ। यसैबीच आवेदन भने लिएर राखिन लागेको हो।

काठमाडौं जिल्ला बाहिर भने आवेदन लिएसँगै लिखित र ट्रायल पनि हुने सम्भावना उच्च छ। विभागले यतिबेला ट्रायल पास भएकालाई परीक्षणकालीन लाइसेन्स दिइरहेको छ।स्मार्ट लाइसेन्सको छपाइ भने अझै पनि सुस्त छ। हाल काम बन्द भए पनि स्मार्ट लाइसेन्स छपाइ कात्तिक अन्तिम सातादेखि अर्थात् तिहारपछि हुने विभागले जनाएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार