२७ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । साताको पहिलो दिन शेयर कारोबार मापक नेप्सुे परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २७ दशमलव ५१ अंकले बढेर २ हजार ५ सय ८४ दशमलव ५२ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव २४ अंकले बढेको छ ।

कारोबार रकममा भने उल्लास देखिएन । दिनभर भएका ३८ हजार १४७ कारोबारबाट ५८ लाख १८ हजार २५ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब ७७ करोड ३४ लाख २० हजार १३५ रुपैयाँ पुगेको छ । नेप्सेमा कारोबार हुने व्यापार समूह ३२ दशमलव ४७ अंकले घट्दा बाँकी सबै समहूगत सबइन्डेक्स बढेर उकालो लागेका छन् । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार