
काठमाडौँ । न्यायाधीशले इजलास बहिस्कार गरेका छन् । सोमबार पेस तोकिए पनि इजलास नै बस्न सकेन । सोमबार दशवटा इजलास तोकिँदा कुनै पनि इजलासमा मुद्दामाथि सुनुवाई भएन । प्रधानन्यायाधीशविरुद्ध वरिष्ठतम् न्यायाधीशहरूले थालेको अभियान अब इजलास बहिस्कारसम्म पुगेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि नैतिक प्रश्न उठेपछि न्यायाधीशहरुको अनौपचारिक बैठकले फुलकोर्ट बैठक बहिस्कार गर्ने निर्णय गरेको थियो । आइतबारमात्रै नेपाल बार एसोसिएसनका कार्यसमिति सदस्यहरुले प्रधानन्यायाधीश राणासँग भेट गरी तत्काल फुलकोर्टको बैठक राख्न आग्रह गरेका थिए । रातोपाटीबाट