‘भूमिहीनको व्यवस्थापन हुन्छ’ : मन्त्री श्रेष्ठ

चितवन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाइरहेको जानकारी दिनुभएको छ ।मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले अहिलेसम्म मन्त्रालयमा औपचारिक कार्यक्रमबाहेक केही नभएको जनाउँदै गरिबी निवारणका लागि योजना बनाएर काम गर्ने स्पष्ट पार्नुभयो ।

‘गरिबी निवारणका लागि औपचारिक कार्यक्रम बाहेक केही नभएको रहेछ । अहिले योजना बनाउने काम भइरहेको छ,’उहाँले भन्नुभयो । कर्मचारी गरिबी निवारण कसरी गर्न सकिन्छ भन्ने विषयमा कार्ययोजना बनाउने काममा व्यस्त रहेको उहाँको भनाइ थियो ।फरक प्रसंगमा मन्त्री श्रेष्ठले सुकु्म्बासी समस्या समाधानका लागि संविधानअनुरुप गरिने जानकारी दिनुभयो।

‘जनताले संविधानप्रदत्त अधिकार प्रयोग गर्न पाउनु पर्छ,’ उहाँले भन्नुभयो । लामो समयदेखि सुकुम्बासी समस्या रहेको जनाउँदै उहाँले भूमिहीन जनताको छिटो व्यवस्थापन हुन्छ । ‘भूमिहीन जनताले संविधानले दिएको अधिकार उपभोग गर्न पाउँछन्,’उहाँले भन्नुभयो। अघिल्लो आयोगले गरेका राम्रा कामको स्वामित्व लिँदै जनताका पक्षमा कामगर्ने उनको भनाइ थियो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार