
काठमाडौं । नेकपा एमालेका उप-महासचिव विष्णु पौडेलले आगामी चुनावपछि देश एमालेमय बन्ने बताउनुभएको छ । मंगलबार रुपन्देहीमा बुटवल उपमहानगर कमिटीको प्रथम नगर अधिवेशनको उदघाटन गर्दै पौडेलले अबको तीनै तहको चुनावमा नेकपा एमालेले बहुमत प्राप्त गर्ने र देश एमालेमय बन्ने बताउनुभएको हो।
उहाँले एमाले एक्लै चुनाव लडेर स्थानीय तह एवं प्रदेश र संघीय संसदमा ६० प्रतिशत भन्दा बढी नतिजा ल्याउने बताउनुभयो । पौडेलले एमालेबाट स्वार्थी,पदको लालचीहरु बाहिरीपछि पार्टी झनै शक्तिशाली भएको बताउँदै दुईरचार जना बाहिरीएर पार्टीलाई कुनै असर नपरेको स्पष्ट पार्नुभयो ।
पौडेलले एमालेलाई सिंहदरवारतिर हेर्ने फुर्सद नभएको बताउदै नेपाली जनताले पार्टीलाई राम्रो चिनेकोले चुनावपछि बहुमतको सरकार निर्माणका लागी एमालेलाई रोक्ने तागत कसैसगँ नभएको जिकिर गर्नुभयो । नागरिक खबरबाट