सिन्धुलीमा होचा कदका डोरबहादुरले तीन दिनमा पाए नागरिकता

सिन्धुली । सम्भवत सिन्धुलीकै होटा कदका डोरबहादुर खपांगीले नागरिकता पाएका छन् । गोलन्जोर गाउँपालिका–४ का १७ वर्षीया खपांगीले बुधबार प्रशासन कार्यालय सिन्धुलीबाट नागरिकता पाएका हुन् ।शारीरिक रूपमा अशक्त खपांगीलाई वंशजका आधारमा नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनुभयो ।

‘उनलाई वंशजका आधारमा नेपाली नागरिकता उपलब्ध गराइदिन भनि वडाबाट भएको सिफारिस र चिकित्सक टोलीबाट स्वास्थ्य परीक्षणसमेत गराई नेपाली नागरिकताको प्रमाण–पत्र उपलब्ध गराइएको हो,’ न्यौपानेले भन्नुभयो। प्रमुख जिल्ला अधिकारी न्यौपानेका अनुसार खपांगी सिन्धुलीकै सम्भवतः होचा कदका नागरिक हुन्। उनी हाल १७ वर्षका भए । उनको उचाइ ७१ सेन्टिमिटर मात्र छ ।

आफ्ना दाजुका साथमा नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय आइपुगेका खपांगीले नागरिकताको प्रमाण–पत्र पाएपछि खुसी व्यक्त गरेका छन् ।सामान्य बोल्ने र सामान्य कान सुन्ने खपांगीले पढाइलेखाइ भने गरेका छैनन्। खपांगी ३ दिनअघि नागरिकता बनाउन जिल्ला सदरमुकाम आएका थिए। तर, जिल्लामा उमेर पत्ता लगाउन सहयोग गर्ने स्वास्थ्य परीक्षणको मेसिन नहुँदा र चिकित्सकहरूबाट स्वास्थ्य परीक्षण गरी प्रमाणित नहुँदा ३ दिन ढिला नागरिकता पाए।’ नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार