अछाममा बस दुर्घटना : २ जनाको मृत्यु, ३५ घाइते

धनगढी । अछाममा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धनगढी आउँदै गरेको ना ६ ख ८२९ नम्बरको सुदूरपश्चिम यातायातको बस मंगलबार दिउँसो ३ बजे मंगलसैन नगरपालिका–४ डाडाबाघमा कैलाशखोला नजिकै दुर्घटना भएको हो।

बस सडकबाट १० मिटर तल खसेको छ। दुर्घटनामा परी मंगलसेन नगरपालिका–१४ का अन्दाजी ५७ वर्षीय टंकबहादुर भण्डारी र वडा नम्बर १ का २१ वर्षीय एकेन्द्र थापाको घटनास्थलमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ। कार्यालयका अनुसार बसमा ३८ जना सवार थिए। घाइते ३५ जनाको अछामका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। चालक फरार रहेकाको खोजी भइरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार