कांग्रेस म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशन आज : सर्वसम्मत नेतृत्व चयन गर्दै

बेनी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत म्याग्दीमा प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशन हुँदैछ । प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ र ‘ख’ मा शनिबार अधिवेशन हुने कांगे्रस म्याग्दीका सचिव क्याप्टेन मिन बहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार अधिवेशनको आवश्यक तयारी पुरा भएको छ ।

नेतृत्व चयनका लागि सम्बन्धीत प्रदेश सभा क्षेत्रीय कार्यसमितिलाई जिम्मेवारी दिइएको छ । सचिव क्याप्टेन कार्कीका अनुसार प्रदेश सभा ‘क’ को बेनी र ‘ख’को अधिवेशन मालिका गाउँपालिका वडा नम्बर ६ दरबाङमा हुनेभएको छ । प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ र ‘ख’मा सर्वसम्मत नेतृत्व चयन हुने जनाइएको छ । प्रदेश सभामा सर्वसम्मत नेतृत्व चयनका लागि छलफललाई तिब्रता दिइएको छ ।

प्रदेश सभा ‘क’को सभापतिमा ओम छन्त्याल र ‘ख’को सभापति पदमा टंकप्रसाद पुनले दावी गर्नुभएको छ । जिल्लाका एक नेताका अनुसार प्रदेश सभा ‘क’मा छन्त्याल र ‘ख’को सभापतिमा पुन सर्वसम्मत चयन हुनेछन् । यसअघि प्रदेश ‘क’को सभापतिमा चिरञ्जिवी शर्माको पनि चर्चा चलेको थियो ।प्रदेश सभा ‘क’का सभापति माधवप्रसाद रेग्मीको सभापतित्वमा शुक्रबार बसेको क्षेत्रीय कार्यसमितिको बैठकमा शर्मालाई जिल्लामा पठाउने सहमति पछि छन्त्याल सभापति बन्ने पक्का जस्तै भएको छ ।

प्रदेश सभा ‘ख’ को सभापतिमा  उपसभापति समेत रहनुभएका मेक बहादुर पुनको पनि सभापतिमा चर्चा चलेको थियो । ति नेताका अनुसार प्रदेश सभा ‘ख’का सभापति कमल छन्त्यालको सभापतित्वमा केही दिन अघि बसेको कार्यसमिति बैठकमा मेकबहादुर पुनलाई जिल्लामा पठाउने सहमति पछि टंक प्रसाद पुन सभापति बन्ने पक्का जस्तै भएको छ । कार्यसमितिको अन्य पदमा भने आकाँक्षी धेरै देखिएका छन् । ति नेताका अनुसार प्रदेश सभा ‘क’ र ‘ख’को सभापति पदमा उम्मेद्धारी दिनुभएका छन्त्याल र पुन जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ निकटका हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार