खेलाडीमात्रै होइन, अभियान्ता बनाउनुपर्छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक रुपमा जतासुकै लागेको भएपनि खेलकुद महासंघले खेलाडीहरुलाई संगठित र बनाउनुपर्ने बताउनुभएको छ ।

आइतबार राजधानीमा खेलकुद महासंघद्वारा आयोजित खेल नीति सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले खेलाडीहरु खेलाडीमात्र नभएर अभियान्ता हुन सक्नुपर्ने बताउनुभयो। ‘जो जतासुकै लागेका हुन् ।

राजनीतिक रुपमा जुनसुकै अर्गनाइजेसनमा लागेका हुन् खेलकुद महासंघले युवाहरुलाई संगठित परिचालित गर्नुपर्छ, तिनलाई दक्ष बनाउनुपर्दछ र तिनलाई खेल अभियन्ताका रुपमा पर्सनल एम्बेस्डरका रुपमा अघि बढाउन ध्यान दिनुपर्छ’, पुर्व प्रधानमन्त्री समेत रहेका ओलीको भनाइ छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार