तुलाचन परिवारद्वारा जनप्रिय माविमा अक्षयकोष स्थापना

बेनी । म्याग्दीका एक परिवारले स्वर्गिय बुबा आमाको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ निवासी दिपक तुलाचन र रमेश तुलाचनले शुक्रबार एक कार्यक्रमका विच स्वर्गिय बाबा गजबहादुर र स्वर्गिय आमा कमलादेबी तुलाचनको स्मृतिमा सोही वडा स्थित जनप्रिय माविमा पाँच लाख ५५ हजार ५५५ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो ।

उक्त रकमबाट बार्षिक करिब ६५ हजार रुपैयाँ ब्याज प्राप्त हुनेछ । सोही रकम विद्यालयमा कक्षा १२ सम्म अध्ययनर असहाय ,गरिब तथा जेहेन्दार छात्रछात्रालाई छात्रवृति वितरण गरिने विद्यालयका प्रअ दिवाकार सुवेदीले जानकारी दिनुभयो । कार्यक्रममा वडा अध्यक्ष सन्तनाथ सुवेदी ,अक्षयकोषका संस्थापक दिपक तुलाचन ,प्रअ सुवेदी ,विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गौमति चापागाई लगायतले बोल्नुभएको थियो । सोही कार्यक्रमको अवसरमा सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार