सर्वोच्चमा आज पनि भएन मुद्दाको सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालतका न्यााधीशहरुले आज बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गरेका छैनन् ।प्रधानन्यायाधीशको राजीनामा माग गरेका उनीहरुले सोमबार बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गरेका थिए । तर उनीहरुले आज भने सुनुवाइ नगरेका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार १० जना न्यायाधीशको ५ वटा संयुक्त इजलास तोकेका थिए । तर न्यायाधीशहरुले मुद्दाको सुनुवाइ गरेका छैनन् ।आफूले सम्मानजनक निकास चाहेको प्रधानन्यायाधीश जबराले बताएका थिए । असन्तुष्ट न्यायाधीशका तर्फबाट अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा। मनोजकुमार शर्माले छलफल गरेका थिए । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार