कोरियन भाषा परीक्षा पुस १ देखि सञ्चालन हुने

काठमाडौँ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले आगामी पुसदेखि कोरियन भाषा परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । आगामी पुस १ गतेदेखि ७ गतेसम्म भाषा परिक्षा सञ्चालन गर्ने गरि विभागले सूचना जारी गरेको छ । उत्पादनमुलक, कृषि तथा पशुपालन क्षेत्रमा काम गर्नका लागि कोरियाले नेपाली युवाहरूलाई लैजानेछ ।

भाषा परीक्षाको लागि मंसिर ६ देखि ८ गतेसम्म आवेदन दर्ता गराइसक्नुपर्नेछ । अनलाइनमार्फत आवेदन दर्ता गर्नुपर्नेछ । अनलाइनबाट आवेदन भरिसकेपछि प्रवेशपत्र डाउनलोड तथा प्रिन्ट गरी सुरक्षित राख्नुपर्नेछ ।परीक्षा शुल्क अमेरिकी डलर २४ तोकिएको छ । राष्ट्र बैंकले तोकेको सो बराबरको विनिमयदरको हिसावले नेपाली रुपैयाँ ग्लोबल आइएमई बैंकको खातामा जम्मा गरिदिनुपर्नेछ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार