टी–२० विश्वकपको उत्कृष्ट ११ मा एक पनि भारतीय खेलाडी परेनन्

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले टी–२० विश्वकपको उत्कृष्ट–११ को घोषणा गरेको छ । यसमा भारतका एक जना पनि खेलाडी पर्न सकेनन् । आईसीसीले पाकिस्तानका कप्तान बाबर आजमलाई आफ्नो टोलीको कप्तान बनाएको छ ।

पाकिस्तानलाई सेमिफाइनलसम्म पुर्‍याउन आजमले महत्त्वपूर्ण भूमिका निभाएका थिए । प्रतियोगितामा उनले नै सबैभन्दा बढी रन बनाए । ६ खेलमा उनले ६०.६० को औसत र १२६.२५ को स्ट्राइक रेटसँगै कूल ३ सय ३ रन बनाए । यसमध्ये चार खेलमा उनले ५० भन्दा बढी रन बनाए ।

उत्कृष्ट–११ मा डेभिड वार्नर (अस्ट्रेलिया), जोस बटलर (इंग्ल्याण्ड), बाबर आजम (पाकिस्तानरकप्तान), चरित असलंका (श्रीलंका), एइडन मार्क्रम (दक्षिण अफ्रिका), मोइन अली (इंग्ल्याण्ड), वाइनिन्डु हसरंगा (श्रीलंका), एडम जाम्पा (अस्ट्रेलया), जस हेजलवुड (अस्ट्रेलिया), ट्रन्ट बोल्ट (न्युजिल्याण्ड) र एनरिच नोर्त्या (दक्षिण अफ्रिका) रहेका छन् । यसमा पाकिस्तान शाहिन शाह अफ्रिदी १२ औँ खेलाडी चयन भए । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार