नेइमारले अर्जेन्टिनाविरुद्धको खेल गुमाउने

एजेन्सी । चोटका कारण ब्राजिली स्टार नेइमार अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका छन् । विश्वकप छनोटअन्तर्गतको यो खेल नेपाली समयअनुसार बुधबार बिहान ५ बजेर १५ मिनेट जाँदा हुनेछ ।

देब्रेपट्टीको खुट्टामा असहज महसुस गरेपछि नेइमारले खेल गुमाउने भएका हुन् । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले भने यस प्रतिस्पर्धामा सहभागिता जनाउनेछन् । यसअघि पेरिस सेन्ट जर्माइनबाट खेल्दा उनले पनि असहज महसुस गरेका थिए । तर, उनी पूर्ण ठिक भइसकेको अर्जेन्टिनी प्रशिक्षक लियो स्कालोनीले बताए । ‘मेस्सीले खेल्नेछन् । आशा गरौं, उनले राम्रो गर्नेछन्,’ स्कालोनीले भने । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार