राजश्व प्रणालीमा सुधारको प्रयास भइरहेको छ : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले समग्र राजस्व प्रणालीमा सुधार गर्ने प्रयास भइरहेको बताउनुभएको छ ।१०औँ राष्ट्रिय कर दिवसको बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले मुलुकको आर्थिक विकासको महत्वपूर्ण क्षेत्र रहेको राजस्व प्रणालीमा सुधार गर्ने प्रयास भइरहेको बताउनुभएको हो ।

उहाँले कर विवादको अवस्था गुपचुप राख्ने विषय राम्रो नभएको भन्दै सार्वजनिक गर्न राजस्व कार्यालयलाई निर्देशन पनि दिनुभयो ।पछिल्लो समय करतादाहरुको धेरै गुनासो आएको भन्दै त्यस्ता गुनासाहरु सम्बोधन गर्न छुट्टै इकाई स्थापना गरिने उहाँले बताउनुभयो ।पछिल्लो समय राज्य र जनता केन्द्रित नीति बनाउँदा कतिपय उद्योगी व्यवसायी व्यक्तिगत आक्षेप लगाउँदै शक्तिकेन्द्र धाउन थालेको भन्दै उहाँले राष्ट्र र जनताको हित हुने निर्णयबाट पछि नहट्ने स्पष्ट पार्नुभयो ।

अनौपचारिक क्षेत्रको अर्थतन्त्रलाई औपचारीक क्षेत्रमा ल्याउन नीतिगत सुधार गरिने उहाँको भनाइ छ ।कार्यक्रममा विभिन्न संस्था, कम्पनी र व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कम्पनीतर्फ नेपाल टेलिकम सर्वाधिक कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ । यस्तै बैंकिङ समूहमा सबैभन्दा बढी कर बुझाउनेमा नबिल बैंक परेको छ भने लघुवित्ततर्फ छिमेक लघुवित्त सम्मानित भएको छ ।व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिर्नेमा सिद्धार्थ शमशेर राणालाई सम्मान गरिएको छ ।

निर्यात उद्योगमा डाबर नेपालले सबैभन्दा बढी कर बुझाएर सम्मान पाएको छ । विशेष उद्योगमा सबैभन्दा बढी आयकर बुझाउनेमा एसियन पेन्ट्स परेको छ । कृषि तथा पशुजन्यमा पूर्वाञ्चल एग्रिटेक सम्मानित भएको छ । वस्तु व्यापारमा भाटभटेनी, अस्पतालमा नोबेल हस्पिटल, पर्यटनमा तारागाउँ रिजेन्सी र ऊर्जामा हिमाल पावरले बढी कर तिरेर सम्मानित भएका छन् ।

सबैभन्दा बढी कर दाखिला गर्नेमा सूर्य नेपालले सम्मान पाएको छ । भ्याट समयमा बुझाएर घोराही सिमेन्टले सम्मान पाएको छ । मध्यमस्तरको करदाता कार्यालयबाट सबैभन्दा बढी कर बुझाउने कर्जा सूचना केन्द्रले सम्मान पाएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार