अझै आएन १० जिल्लाका एमाले महाधिवेशन प्रतिनिधिको नाम

काठमाडौं । महाधिवेशन सुरु हुन आठ दिन मात्र बाँकी रहँदा नेकपा एमालेका १० जिल्लाका महाधिवेशन प्रतिनिधिहरुको सूची अझै केन्द्रीय कार्यालयमा आइपुगेको छैन ।

१० मंसिरदेखि सुरु हुने एमालेको १०औँ महाधिवेशनमा प्रदेश १ का तीन जिल्ला, प्रदेश २ का पाँच जिल्ला र सुदूरपश्चिमका दुई जिल्लाबाट महाधिवेशन प्रतिनिधिको नामावली केन्द्रमा आइपुगेको छैन । ‘अहिलेसम्म ६७ जिल्लाका महाधिवेशन प्रतिनिधि चयन भएर केन्द्रमा नामावली आइसकेको छ,’ केन्द्रीय सदस्य सूर्य थापाले भन्नुभयो, ‘अब १० जिल्लाको नाम आउँन बाँकी छ ।’ उहाँका अनुसार प्रदेश १ को सुनसरी, ताप्लेजुङ र पाँचथरबाट महाधिवेशन प्रतिनिधिको नामावली केन्द्रमा आइसकेको छैन ।

प्रदेश २ को बारा पर्सा र सर्लाही बाहेकको नामावली पनि केन्द्रमा पुगेको छैन । रौतहट, महोतरी, धनुषा, सिरहा र सप्तरीको नामावली केन्द्रमा आएको छैन । सुदूरपश्चिमका कैलाली र बाजुरवाट नामावली नआएको थापाले जानकारी दिनुभयो । कैलालीमा भीम रावल समूहले समान्तर बैठक राखेर महाधिवेशन प्रतिनिधि चयन गरेको छ भने सुनसरीमा पनि दुवै पक्षबीच विवाद देखिँदा प्रतिनिधि चयन हुन सकेका छैनन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार