कांग्रेस अधिवेशनका लागि दुई दिन विद्यालय बन्द गर्न मेयरको पत्र

काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिकाले नेपाली कांग्रेसको अधिवेशनका लागि चार विद्यालय दुई दिन बिदा गर्न पत्र पठाएको छ। बुधबार मेयर नरेन्द्र सिंह थापाले वीरेन्द्र मावि, दशरथचन्द्र मावि, जगदम्बा मावि र दशरथचन्द्र आधारभूत विद्यालयलाई पत्राचार गर्दै मंसिर ५ देखि ७ गतेसम्म बिदा दिन आग्रह गरेका छन्।

विद्यालयलाई पत्र पठाएर मेयरले त्यो जानकारी कांग्रेस जिल्ला कार्यसमिति बैतडीलाई पनि बोदार्थ दिएका छन्।कांग्रेसको १४ औं अधिवेशन सम्पन्न गर्न विद्यालय भवन र फर्निचरलगायत आवश्यक भएकोले सहयोगका लागि लेखेर आएको हुँदा मंसिर ५ देखि ७ सम्म विद्यालयमा स्थानीय बिदा दिन मेयरले आग्रह गर्दै पत्र पठाएका हुन्। यसबारे बुझ्न खोज्दा मेयर थापाको फोन अफ छ। उपमेयर मिना चन्द र प्रशासकीय अधिकृत गणेश सिंह ऐरी पनि सम्पर्कमा आएनन्। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार