उदयपुरमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, १९ घाइते

काठमाडौँ । उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बिहीबार बिहान उदयपुरगढी गाउँपालिका वडा नम्बर ६ दनुवारबेसीस्थित मदनभण्डारी राजमार्गमा ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रदेश नम्बर २–०१–००१ त १०८३ नम्बरको ट्याक्टर घुम्ती मोडमा अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।ट्याक्टरमा सवार त्रियुगा नगरपालिका वडा नम्बर ९ गैरुन बस्ने ४० वर्षीय बौका सदाको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताउनुभयो।

सो ट्याक्टर गाईघाटबाट रूपाटारतर्फ भवन ढलान गर्न मजदुर लिएर जाँदै थियो। त्यसमा सवार अन्य १९ जना घाइते भएका छन्। घाइतेमध्ये चालकसहित तीन जनाको उपचारको लागि विराटनगर पठाउने तयारी भइरहेको र बाँकीको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार